AI सारांश

मुख्य बुँदाहरू

  • नेप्से परिसूचक बुधबार पनि ८.७० अंकले बढेको छ।
  • लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएपछि नेप्से २६४७.६५ विन्दुमा पुगेको छ।
  • नेप्सेसँगै बुधबार कारोबार रकममा पनि मंगलबारको तुलनामा करिब ६० करोडले वृद्धि भयो।
  • हिजो मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।
  • कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन उर्जा विकास कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भयो।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

नेप्से परिसूचक बुधबार पनि ८.७० अंकले बढेको छ। लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएपछि नेप्से २६४७.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले बढेको छ।

नेप्सेसँगै बुधबार कारोबार रकममा पनि मंगलबारको तुलनामा करिब ६० करोडले वृद्धि भयो। बुधबार ३५६ स्टकको ५२ हजार ६६९ पटकको कारोबारमा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।

आज मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढ्दा हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको हिमालयन उर्जा विकास कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भयो। कुमारी बैंकको २२ करोड र ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँको कारोबार भएको छ।

१३ उपसमूहमध्ये बुधबार १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूह होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।