​काठमाडौँ, नेपाल — नेपालको समृद्धिका लागि युवाहरूको भूमिकालाई सशक्त बनाउने उद्देश्यका साथ ‘जेन-जी’ (Gen-Z) का प्रभावशाली युवा नेता आदित्या सिंहको नेतृत्वमा ‘काउन्सिल अफ युथ नेपाल’ नामक संस्थाको घोषणा गरिएको छ। देश र जनताको हितलाई केन्द्रमा राखेर स्थापना गरिएको यस संस्थामा सामाजिक अभियन्ता सुदन गुरुङ र PM बालेन शाहसँगको सहकार्य तथा ऐक्यबद्धता रहेको कुरा अध्यक्ष सिंह द्वरा जान्करी दियको छ।
​संस्थाले मुख्यतया देश विकास, गुणस्तरीय शिक्षा र असहाय नागरिकहरूका लागि सहयोग गर्ने लक्ष्य राखेको छ। युवा नेता सिंहका अनुसार, यो संस्थाले केवल विकासका काम मात्र नगरी सरकारका नीतिगत निर्णयहरूको सूक्ष्म अवलोकन (Policy Observation) गर्ने र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै खबरदारी गर्ने कार्यमा समेत सक्रिय रहनेछ।
​संस्थाका मुख्य उद्देश्यहरू:
​देश विकास र पूर्वाधार: राष्ट्रिय विकासका योजनाहरूमा युवाहरूको बौद्धिक र भौतिक सहभागिता सुनिश्चित गर्ने।
​शैक्षिक सुधार: शिक्षा क्षेत्रमा रहेका विसंगतिहरूलाई हटाउँदै व्यवहारिक र प्रविधिमैत्री शिक्षाका लागि पहल गर्ने।
​नीतिगत निगरानी: सरकारका काम-कारबाही र नीतिहरूलाई जनताको हितमा केन्द्रित गराउन ‘वाचडग’को रूपमा कार्य गर्ने।
​भ्रष्टाचार निवारण: सरकारी तथा गैरसरकारी निकायमा हुने भ्रष्टाचार र अनियमितता विरुद्ध आवाज बुलन्द गर्ने।
​युवाहरूको हकहित र राष्ट्रिय मुद्दाहरूमा स्पष्ट दृष्टिकोण राख्ने आदित्य सिंहको यो कदमले नेपाली राजनीति र समाजसेवामा नयाँ ऊर्जा थपेको छ। बालेन शाह र सुदन गुरुङ जस्ता युवा आइकनहरूको साथले यस अभियानलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।