AI सारांश

मुख्य बुँदाहरू

  • काठमाडौं — नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले ठगी तथा आपराधिक विश्वासघात मुद्दामाफरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ
  • कार्यालयका अनुसार वादी नेपाल सरकार भएको मुद्दामा प्रतिवादी कृष्ण प्रसाद दंगाल र सरिता गुनीलाई प्रहरीले पक्राउ गरेको हो।
  • जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका दुवैलाई काठमाडौं महानगरपालिका–८ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
  • पक्राउ परेकामध्ये कृष्ण प्रसाद दंगाल (४८ वर्ष) काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका निवासी हुन् भने सरिता गुनी (२८ वर्ष) चितवन खैरहनी नगरपालिका निवासी
  • अनुसन्धानका क्रममा सरिता गुनी विरुद्ध यसअघि पनि बैंकिङ कसुर सम्बन्धी मुद्दाहरू दर्ता भएको र ठगी रकमको कुल परिमाण करिब ६ करोड ३२…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

  • काठमाडौं — नेपाल प्रहरी अन्तर्गत काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ले ठगी तथा आपराधिक विश्वासघात मुद्दामाफरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ
  • गरेको छ।
    कार्यालयका अनुसार वादी नेपाल सरकार भएको मुद्दामा प्रतिवादी कृष्ण प्रसाद दंगाल र सरिता गुनीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूमाथि करिब ५ करोड ७० लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ।
    जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका दुवैलाई काठमाडौं महानगरपालिका–८ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धुनषामा पठाइएको छ।
    पक्राउ परेकामध्ये कृष्ण प्रसाद दंगाल (४८ वर्ष) काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका निवासी हुन् भने सरिता गुनी (२८ वर्ष) चितवन खैरहनी नगरपालिका निवासी
  • रहेको खुलाइएको छ।
    अनुसन्धानका क्रममा सरिता गुनी विरुद्ध यसअघि पनि बैंकिङ कसुर सम्बन्धी मुद्दाहरू दर्ता भएको र ठगी रकमको कुल परिमाण करिब ६ करोड ३२ लाख रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।
    प्रहरीले यस्ता आर्थिक अपराधमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही जारी रहने समेत स्पष्ट पारेको छ।