AI सारांश

मुख्य बुँदाहरू

  • परराष्ट्र मन्त्री आरजु राणा देउवाले सगरमाथा संवादको पहिलो दिन एकदमै सकारात्मक भएको बताएकी छन् ।
  • शुक्रबार ‘सगरमाथा संवाद’ पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद…
  • उनले भनिन्, ‘सबै प्रतिष्ठित वक्ताहरूलाई उनीहरूको भनाइमा व्यक्त हुने बहुमूल्य अन्तर्दृष्टिको लागि धन्यवाद दिन चाहान्छु ।
  • तपाईको विचार र आवाजले हाम्रो अगाडि बढ्ने बाटो, हाम्रो सामूहिक कार्यलाई आकार दिन साँच्चै धेरै महत्वपूर्ण भूमिका खेल्छ ।
  • सबैले जलवायु परिवर्तनको बारेमा विस्तृत जानकारी दिनुको साथै जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न आफ्नो देशमा गरिरहेका कामहरुको बारेमा पनि जानकारि गराउनु…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, २ जेष्ठ । परराष्ट्र मन्त्री आरजु राणा देउवाले सगरमाथा संवादको पहिलो दिन एकदमै सकारात्मक भएको बताएकी छन् ।

शुक्रबार ‘सगरमाथा संवाद’ पश्चात आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद दिदैँ संवाद सकारात्मक भएको बताईन् । 

उनले भनिन्, ‘सबै प्रतिष्ठित वक्ताहरूलाई उनीहरूको भनाइमा व्यक्त हुने बहुमूल्य अन्तर्दृष्टिको लागि धन्यवाद दिन चाहान्छु । तपाईको विचार र आवाजले हाम्रो अगाडि बढ्ने बाटो, हाम्रो सामूहिक कार्यलाई आकार दिन साँच्चै धेरै महत्वपूर्ण भूमिका खेल्छ । सबैले जलवायु परिवर्तनको बारेमा विस्तृत जानकारी दिनुको साथै जलवायु परिवर्तनबाट पर्ने असर कम गर्न आफ्नो देशमा गरिरहेका कामहरुको बारेमा पनि जानकारि गराउनु भएको छ ।’

यस्तै, उनले हिमालहरु नभएको देशले पनि यसमा चासो देखाएको भन्दै यसले नेपाललाई अझै प्रोत्साहन गरेको बताईन् ।