काठमाडौं। नेपाली राजनीतिमा मूल्य, मान्यता र संस्कारको चर्चा फेरि एकपटक उठेको छ। यस सन्दर्भमा नेपाली कांग्रेसका नेताहरू न्बनबल त्जबउब र द्यष्कजधय एचबपबकज क्जबचmब को भूमिकालाई लिएर समर्थन र आलोचना दुबै स्वर सुनिन थालेका छन्।
राजनीतिक टिप्पणीकारहरूका अनुसार गगन–विश्वले लामो समयदेखि कमजोर र विभाजित अवस्थामा पुगेको कांग्रेसको जिम्मेवारी सम्हालेका थिए। जहाँ छोए पनि च्यात्तिने, सिउनै नमिल्ने अवस्थामा पुगेको संगठनलाई सुधार्ने चुनौती उनीहरूको काँधमा थियो। यस्तो अवस्थामा उनीहरूले सम्भव भएसम्म सुधार र परिवर्तनको प्रयास गरेको विश्लेषण गरिएको छ।
कतिपय असन्तुष्ट समूहले निर्वाचन परिणामलाई आधार बनाएर नैतिकताको प्रश्न उठाउँदै राजीनामाको माग गर्न सक्ने चर्चा पनि भइरहेको छ। तर समर्थकहरू भने यस्तो दबाबलाई बेवास्ता गर्दै अगाडि बढ्न आग्रह गरिरहेका छन्। उनीहरूका अनुसार राजनीति केवल निर्वाचन जित्ने माध्यम मात्र होइन, राजनीतिक मूल्य, मान्यता र संस्कार जोगाउने माध्यम पनि हो।
राजनीतिक विश्लेषकहरू भन्छन्—कहिलेकाहीँ हार देखिए पनि त्यो नैतिक र वैचारिक रूपमा जित हुन सक्छ। अहिलेको अवस्थामा गगन–विश्वले मूल्यको राजनीतिमा सफलता हासिल गरेको र भोटको राजनीति भविष्यमा जित्न सक्ने सम्भावना रहेको उनीहरूको तर्क छ।
समर्थकहरूले नेताद्वयलाई निराश नहुन आग्रह गर्दै निर्धक्क रूपमा सुधारको यात्रालाई अघि बढाउनुपर्ने बताएका छन्। उनीहरूका अनुसार समयसँगै जनताको विश्वास अझ बलियो हुने र भविष्य अझ उज्यालो बन्ने विश्वास व्यक्त गरिएको छ।

टिप्पणी गर्नुहोस्