AI सारांश

मुख्य बुँदाहरू

  • काठमाडौं – सभामुख डीपी अर्यालले रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
  • प्रतिनिधि सभाको आजको बैठकमा पराजुलीले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका…
  • यस अगाडि एमाले प्रमुख सचेतक ऐन महरले पराजुलीले बोलेको ‘भरौटे’ लगायतका शब्द रेकर्डबाट हटाउन माग गरेका थिए।
  • ‘सत्तापक्षका माननीय गणेश पराजुलीले संसद्मा भरौटे शब्द प्रयोग गर्नुभएको छ।
  • उहाँले न्यायाधीशको विषयमा बोलेका शब्द र भरौटे शब्दलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्न चाहन्छु’ महरले भनेका थिए।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं –  सभामुख डीपी अर्यालले रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा पराजुलीले बोलेका ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

यस अगाडि एमाले प्रमुख सचेतक ऐन महरले पराजुलीले बोलेको ‘भरौटे’ लगायतका शब्द रेकर्डबाट हटाउन माग गरेका थिए। ‘सत्तापक्षका माननीय गणेश पराजुलीले संसद्मा भरौटे शब्द प्रयोग गर्नुभएको छ। उहाँले न्यायाधीशको विषयमा बोलेका शब्द र भरौटे शब्दलाई संसद्को रेकर्डबाट हटाउन आग्रह गर्न चाहन्छु’ महरले भनेका थिए।