AI सारांश
मुख्य बुँदाहरू
- तनहुँमा चुनावी अभियानका क्रममा कुनै एक दिन साँझ ‘हल्का रमाइलो’ मुडमा रहेका वाग्लेले क्लोज साथीहरूसँग एउटा अचम्मको कुरा बोले ।
- रविको मुद्दामा कुनै भर नभएको र बालेनले झापामा जित्न नसक्ने, अनि त आफैं हो अब रास्वपाको नेतृत्व भन्दै अट्टाहास गरे ।
- बालेन शनिवार तनहुँ आउने कुरा अघिल्लो दिन ९शुक्रवार, फागुन १०देखि नै चर्चामा थियो ।
- शनिबार लमजुङ पुगेर डुम्रे हुँदै तनहुँका कार्यकर्तासँग भेट गर्ने र त्यसपछि पोखरा जाने कार्यक्रम तय भएपनि तर, बालेनले लमजुङको कार्यक्रमसमेत नगरी साँझ…
- त्यसपछि बालेन न हुन्, उनलाई अरू के चाहियो रु यसअघि रविले स्वर्णिमलाई सार्वजनिक रूपमै ‘बजेट लेख्न’ आदेश दिएपछि स्वर्णिममा बढेको कन्फिडेन्स बालेनलाई…
तनहुँमा चुनावी अभियानका क्रममा कुनै एक दिन साँझ ‘हल्का रमाइलो’ मुडमा रहेका वाग्लेले क्लोज साथीहरूसँग एउटा अचम्मको कुरा बोले । रविको मुद्दामा कुनै भर नभएको र बालेनले झापामा जित्न नसक्ने, अनि त आफैं हो अब रास्वपाको नेतृत्व भन्दै अट्टाहास गरे ।
सहभागीहरू साथीहरूले ताली पिटे । त्यसैका लागि अर्को ‘चियर्स’ भन्दै ग्लास ठोक्काए । त्यो दिन बित्यो । देशैभर घन्टीको व्हीम आएकाले आफूले जित्ने ढुक्क हुँदै सुतेका स्वर्णिमले सपनामा ‘विजय जुलुश, अर्थमन्त्रीको सपथ र त्यसलगत्तै देश बनाउन हिंडेको’ देखे होलान् ।
तर, कथाले रोचक मोड लियो । बालेन शनिवार तनहुँ आउने कुरा अघिल्लो दिन ९शुक्रवार, फागुन १०देखि नै चर्चामा थियो । समर्थकहरू खुसी थिए । तर, बालेन लागे गोरखाबाट सिधै पोखरा ।
शनिबार लमजुङ पुगेर डुम्रे हुँदै तनहुँका कार्यकर्तासँग भेट गर्ने र त्यसपछि पोखरा जाने कार्यक्रम तय भएपनि तर, बालेनले लमजुङको कार्यक्रमसमेत नगरी साँझ ८ बजे गोरखाबाट सिधै पोखरा लागे । त्यसपछि बालेन फर्किएर तनहुँ गएनन् ।
कारण थियो, त्यो साँझको रंगीन गफ । स्वर्णिमको overconfidence हुरुरु बालेनसम्म पुगिहाल्यो । त्यसपछि बालेन न हुन्, उनलाई अरू के चाहियो रु यसअघि रविले स्वर्णिमलाई सार्वजनिक रूपमै ‘बजेट लेख्न’ आदेश दिएपछि स्वर्णिममा बढेको कन्फिडेन्स बालेनलाई मन परेको थिएन ।
अहिले यो वा त्यो हिसाबले स्वर्णिमले बोल्दै नबोलेको कुरालाई बोलेको भन्दै सामाजिक सञ्जालहरूमा फैल्याइएको छ । यो कडी पनि त्यहीं गएर जोडिन्छ ।
नोट_यो जानकारीका लागि आवश्यक स्रोतहरूसँग कुरा गरिएको छ । तर स्वर्णिम नजिकका एक व्यक्तिले भने कुरा त्यसो नभएको दाबी गरेका छन् । इश्वर अर्यालको वालबाट

टिप्पणीहरू