AI सारांश

मुख्य बुँदाहरू

  • खोटाङको केपिलासगढी गाउँपालिका–२ मा बिरामी लिन पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ।
  • खार्तम्छा बालाबेँसीमा अवतरण गर्ने क्रममा हेलिकप्टर अनियन्त्रित हुँदा घटना भएको हो।
  • जिल्ला प्रशासन कार्यालय खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले दुर्घटनाको पुष्टि गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिएकी छन्।
  • यद्यपि, जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन्।
  • घटनापछि स्थानीयमा केही समय त्रास फैलिएको भए पनि ठूलो मानवीय क्षति नभएकाले राहतको महसुस गरिएको छ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा बिरामी लिन पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको छ। खार्तम्छा बालाबेँसीमा अवतरण गर्ने क्रममा हेलिकप्टर अनियन्त्रित हुँदा घटना भएको हो।

जिल्ला प्रशासन कार्यालय खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले दुर्घटनाको पुष्टि गर्दै कुनै मानवीय क्षति नभएको जानकारी दिएकी छन्। यद्यपि, जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा काजीबहादुर राई घाइते भएका छन्।

हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार रहेका थिए। स्थानीय वडाअध्यक्ष मिलन राईका अनुसार एक जनाको घाइते भएको सूचना प्राप्त भएको छ र उनी घटनास्थलतर्फ जाँदै छन्।

घटनापछि स्थानीयमा केही समय त्रास फैलिएको भए पनि ठूलो मानवीय क्षति नभएकाले राहतको महसुस गरिएको छ।