AI सारांश
मुख्य बुँदाहरू
- काठमाडौँ — काठमाडौँस्थित भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आयुर्वेद क्याम्पससँगको सहकार्यमा ११औँ आयुर्वेद दिवस मनाएको छ।
- कार्यक्रममा समग्र स्वास्थ्य तथा कल्याणका लागि आयुर्वेदको महत्त्वबारे चर्चा गरिएको थियो।
- कार्यक्रममा ‘स्वस्थ भोलिका लागि आयुर्वेद’ विषयमा प्रस्तुतीकरण गरिएको थियो।
- भारतीय राजदूतावासका अनुसार आयुर्वेदले स्वास्थ्य तथा समग्र कल्याणमा पुर्याउन सक्ने योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
- कार्यक्रममार्फत नेपाल र भारतबीच आयुर्वेद तथा परम्परागत स्वास्थ्य प्रणालीका क्षेत्रमा रहेको सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई समेत उजागर गरिएको छ।
काठमाडौँ — काठमाडौँस्थित भारतीय राजदूतावासले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आयुर्वेद क्याम्पससँगको सहकार्यमा ११औँ आयुर्वेद दिवस मनाएको छ। कार्यक्रममा समग्र स्वास्थ्य तथा कल्याणका लागि आयुर्वेदको महत्त्वबारे चर्चा गरिएको थियो।
कार्यक्रममा ‘स्वस्थ भोलिका लागि आयुर्वेद’ विषयमा प्रस्तुतीकरण गरिएको थियो। साथै, जडीबुटी तथा विभिन्न आयुर्वेदिक उत्पादनहरूको प्रदर्शनीसमेत आयोजना गरिएको थियो।
कार्यक्रममा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR) नेपालसँग आबद्ध शिक्षकहरू तथा एक नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए।
भारतीय राजदूतावासका अनुसार आयुर्वेदले स्वास्थ्य तथा समग्र कल्याणमा पुर्याउन सक्ने योगदानबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममार्फत नेपाल र भारतबीच आयुर्वेद तथा परम्परागत स्वास्थ्य प्रणालीका क्षेत्रमा रहेको सांस्कृतिक तथा शैक्षिक सम्बन्धलाई समेत उजागर गरिएको छ।

टिप्पणीहरू