AI सारांश
मुख्य बुँदाहरू
- भारतको चण्डीगढमा आगामी मार्च २८ मा सुरु हुने तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको लागि…
- शिवराज पार्की, सुशिल केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार, सन्जिव नेपाली, सीमा चौधरी, अनिशा विक, सुमित्रा कुमारी चौधरी…
- नेपालले पुरुष, महिला र मिक्स तीनै समूहमा ४×१०० मिटर र ४×४०० मिटर रिले स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।
- प्रतियोगितामा सहभागी हुन लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक समारोहबीच बिदाइ गरे।
- सो अवसरमा नेपाल एथलेटिक्स संघका अध्यक्ष तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर…
काठमाडौं । भारतको चण्डीगढमा आगामी मार्च २८ मा सुरु हुने तेस्रो खुला रिले च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली एथलेटिक्स टोली बिहीबार भारतको लागि प्रस्थान गर्ने भएको छ। टोलीमा ११ खेलाडी र ३ प्रशिक्षक समावेश छन्।
यस प्रतियोगिताका लागि चयन भएका खेलाडीहरूमा —
शिवराज पार्की, सुशिल केसी, आदेश यादव, अरुण महतो थारु, प्रेम सुनार, प्रकाश दनुवार, सन्जिव नेपाली, सीमा चौधरी, अनिशा विक, सुमित्रा कुमारी चौधरी र भग्रथी चौधरी रहेका छन्।
नेपालले पुरुष, महिला र मिक्स तीनै समूहमा ४×१०० मिटर र ४×४०० मिटर रिले स्पर्धामा प्रतिस्पर्धा गर्नेछ।
उषा कुमारी कर्ण, बुद्ध कुमारी घिमिरे र विमला राना मगर प्रशिक्षकका रूपमा टोलीसँग रहनेछन्।
प्रतियोगितामा सहभागी हुन लागेको टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एक समारोहबीच बिदाइ गरे। सो अवसरमा नेपाल एथलेटिक्स संघका अध्यक्ष तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, भानबहादुर चन्द, जगतसिंह धामी, जगत टमटा र सन्तकुमार मेहतासहितका व्यक्तिहरू उपस्थित थिए।

अधिकारीहरूले नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे।

टिप्पणीहरू