AI सारांश
मुख्य बुँदाहरू
- काठमाडौं — नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा वैदिक–सनातन परम्पराको विशेष झल्को देखिने भएको छ।
- समारोहलाई आध्यात्मिक र सांस्कृतिक रूपमा समृद्ध बनाउन विभिन्न धार्मिक विधिहरू समावेश गरिने जनाइएको छ।
- समारोहमा १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिनेछ भने १०८ जना बौद्ध भिक्षु तथा लामाहरूले शुभ–मंगल पाठ गर्ने कार्यक्रम तय गरिएको छ।
- त्यसैगरी, सपथ समारोहलाई अझ गरिमामय बनाउन ७ वटा शंखबाट एकसाथ शंखनाद गरिनेछ।
- शंखनादलाई शुभ संकेतका रूपमा लिइने भएकाले समारोहमा यसको विशेष महत्व रहनेछ।
काठमाडौं — नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा वैदिक–सनातन परम्पराको विशेष झल्को देखिने भएको छ। समारोहलाई आध्यात्मिक र सांस्कृतिक रूपमा समृद्ध बनाउन विभिन्न धार्मिक विधिहरू समावेश गरिने जनाइएको छ।
समारोहमा १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन गरिनेछ भने १०८ जना बौद्ध भिक्षु तथा लामाहरूले शुभ–मंगल पाठ गर्ने कार्यक्रम तय गरिएको छ। यसले हिन्दू तथा बौद्ध दुवै धर्मप्रति सम्मान झल्काउने विश्वास गरिएको छ।
त्यसैगरी, सपथ समारोहलाई अझ गरिमामय बनाउन ७ वटा शंखबाट एकसाथ शंखनाद गरिनेछ। शंखनादलाई शुभ संकेतका रूपमा लिइने भएकाले समारोहमा यसको विशेष महत्व रहनेछ।
सरकारले यस प्रकारको धार्मिक–सांस्कृतिक समन्वयमार्फत राष्ट्रिय एकता र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्य लिएको बताइएको छ।

टिप्पणीहरू