AI सारांश

मुख्य बुँदाहरू

  • शेरबहादुर देउवा नेतृत्वको समूहले नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ ।
  • कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा दुई दिने बैठक आह्वान गरेका हुन् ।
  • कार्यवाहक सभापति खड्का निकटका नेताका अनुसार आज चैत १६ गते चैत १६ नवनिर्वाचित सांसदहरूलाई बधाई एवम् छलफलका रुपमा कार्यक्रम शुरु गरेर केन्द्रीय…
  • स्रोतका अनुसार, चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ ।
  • यस्तै, चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तय भएको छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको समूहले नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँमा दुई दिने बैठक आह्वान गरेका हुन् ।

कार्यवाहक सभापति खड्का निकटका नेताका अनुसार आज चैत १६ गते चैत १६ नवनिर्वाचित सांसदहरूलाई बधाई एवम् छलफलका रुपमा कार्यक्रम शुरु गरेर केन्द्रीय समितिको बैठकको छलफलको तयारी गरिएको हो ।

स्रोतका अनुसार, चैत १७ र १८ गते चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति बैठक डाकिएको छ । यस्तै, चैत १९ पार्टीका जिल्ला सभापतिहरुसँग छलफल तय भएको छ ।