राम थापा । सिन्धुली जिल्लाका क्षेत्र नम्बर १ र २ मा नेकपा (एमाले) का उम्मेदवारहरूले सहज जित हासिल गर्ने संकेत देखिएको छ।

क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार प्रदीप कटुवालको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग मात्र देखिएको हो। हालसम्मको चुनावी माहोल हेर्दा अन्य दलहरू, विशेषगरी घण्टी चुनाव चिन्ह प्रयोग गर्ने समूह चौथो स्थानमा सीमित देखिन्छन्।

यस्तै, सिन्धुली क्षेत्र नम्बर २ मा नेकपा ९एमाले० का उम्मेदवार, शालिन, भद्र तथा इन्जिनियर व्यक्तित्वका रूपमा परिचित मनोज जङ्ग थापाको चुनावी जित लगभग सुनिश्चित भएको विश्लेषण गरिएको छ। उनका मुख्य प्रतिद्वन्द्वीका रूपमा नेपाली कम्युनिस्ट पार्टीका राजन दाहालको बागी उम्मेदवार महेशवर दाहाल भएको ले जनसमर्थन र चुनावी वातावरण मनोज जङ्ग थापाको पक्षमा स्पष्ट देखिएको छ।

स्थानीयस्तरमा भएका जनसम्पर्क, विकासमुखी एजेन्डा र उम्मेदवारको व्यक्तित्वकै कारण मतदाताको भरोसा एमालेतर्फ बढ्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।