काठमाडौं । गए राति मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।
काठमाडौँका जिल्ला प्रहरीका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा भक्तपुरस्थित आफ्नै निवासबाट दुर्गा प्रसाईलाई पक्राउ गरिएको हो। उनका गतिविधि तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर गरेको भनी निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्र लेखेको थियो ।
उनलाई एकछिन पनि बाहिर राख्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने आयोगको ठहर बमोजिम राति नै पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रसाईंलाई हिरासतमा राख्नका लागि कार्यालय समय शुरू हुनासाथ म्याद थपका लागि प्रहरीले जिल्ला अदालतमा पेश गर्दैछ ।

टिप्पणी गर्नुहोस्