AI सारांश

मुख्य बुँदाहरू

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बस्दैछ ।
  • बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।
  • बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ ।
  • नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा…
  • संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ ९१० बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, १२ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीयसमिति बैठक बस्दैछ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।

बैठकमा रास्वपाले संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ ।

नवनिर्वाचित सांसदहरूले आज संसद भवन सिंहदरबारमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन्द्र साह बालेनलाई नेता चयन गर्ने बताइएको छ ।

संसदीय दलको नेता चयन गरेर राष्ट्रपति कार्यालयलाई धारा ७१ ९१० बमोजिम गठन हुने सरकारमा प्रधानमन्त्रीको नाम पठाउने पार्टीको तयारी छ ।