AI सारांश
मुख्य बुँदाहरू
- जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने गतिविधिमा केही प्रभावशाली व्यक्तिहरू संलग्न रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ।
- आयोगको प्रतिवेदनअनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने लगायत पाँच जना सोसल मिडिया इन्फ्लुएन्सरहरू भ्रामक प्रचारमा संलग्न…
- प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ २३ गते चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ जनाको कंकाल फेला परेको भन्दै प्रचार गरिएको थियो भने भदौ २४ गते बानेश्वरस्थित…
- अन्य भ्रामक सामग्रीहरूमा नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि भीडले आक्रमण गरेको झुटो दृश्य तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट जोगिन नदीतर्फ…
- आयोगले यस्ता गलत सूचना र भ्रामक सामग्रीले घटनालाई थप उग्र बनाउन योगदान दिएको निष्कर्ष निकालेको छ।
जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने गतिविधिमा केही प्रभावशाली व्यक्तिहरू संलग्न रहेको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ।
आयोगको प्रतिवेदनअनुसार टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने लगायत पाँच जना सोसल मिडिया इन्फ्लुएन्सरहरू भ्रामक प्रचारमा संलग्न रहेको उल्लेख गरिएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार भदौ २३ गते चुच्चेपाटीस्थित भाटभटेनीमा ३५ जनाको कंकाल फेला परेको भन्दै प्रचार गरिएको थियो भने भदौ २४ गते बानेश्वरस्थित संसद भवनभित्र ३२ जना प्रदर्शनकारी मृत अवस्थामा भेटिएको दमक नगर प्रमुखको घरमा ८० केजि सुन भेटियको सूचना फैलाइएको थियो।
त्यस्तै विमान परिचारिकाले हिमालयन एयरलाइन्समार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दुबई पुगेको दाबी गर्दै गलत सूचना प्रसारित गरेको आयोगले जनाएको छ। उक्त दाबीलाई अस्वीकार गर्दै सम्बन्धित एयरलाइन्सले सार्वजनिक रूपमा खण्डन गर्नुपरेको उल्लेख गरिएको छ।
अन्य भ्रामक सामग्रीहरूमा नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि भीडले आक्रमण गरेको झुटो दृश्य तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भीडबाट जोगिन नदीतर्फ भागिरहेको भ्रामक भिडियोसमेत सामाजिक सञ्जालमा फैलिएको प्रतिवेदनमा उल्लेख छ।
आयोगले यस्ता गलत सूचना र भ्रामक सामग्रीले घटनालाई थप उग्र बनाउन योगदान दिएको निष्कर्ष निकालेको छ।

टिप्पणीहरू