AI सारांश
मुख्य बुँदाहरू
- उदयपुर — कोशी प्रदेशअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ मा नगर अस्पताल निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ।
- अस्पताल भवनको शिलान्यास त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा गरेका हुन्।
- अस्पताल भवन निर्माणका लागि भारत सरकारको हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (HICDP) अन्तर्गत करिब १२ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग…
- नगर अस्पताल निर्माणपछि त्रियुगा नगरपालिकाका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ।
- शिलान्यास कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाले अस्पताल निर्माणका लागि भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ स्वास्थ्य पूर्वाधारले स्थानीयस्तरमा…
उदयपुर — कोशी प्रदेशअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ मा नगर अस्पताल निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ।
अस्पताल भवनको शिलान्यास त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत र काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव नारायण सिंहले संयुक्त रूपमा गरेका हुन्।
अस्पताल भवन निर्माणका लागि भारत सरकारको हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट (HICDP) अन्तर्गत करिब १२ करोड ३० लाख नेपाली रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ। परियोजना त्रियुगा नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।
यो उदयपुर जिल्लामा भारत सरकारको HICDP पहलअन्तर्गत अघि बढाइएको १२औँ परियोजना हो।
नगर अस्पताल निर्माणपछि त्रियुगा नगरपालिकाका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने अपेक्षा गरिएको छ। शिलान्यास कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर तथा अन्य सरोकारवालाले अस्पताल निर्माणका लागि भारत सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ स्वास्थ्य पूर्वाधारले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे।
नेपाल र भारतबीच विभिन्न क्षेत्रमा हुँदै आएको सहकार्यअन्तर्गत HICDP परियोजनाले नेपालका प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमा सहयोग गर्दै आएको भारतीय दूतावासले जनाएको छ।
भारत सरकारका अनुसार यस्ता परियोजनामार्फत नेपाल सरकारको विकास तथा पूर्वाधार विस्तारका प्रयासमा सहयोग पुर्याउने निरन्तर प्रतिबद्धता प्रतिबिम्बित हुन्छ।

टिप्पणीहरू