AI सारांश

मुख्य बुँदाहरू

  • नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका ७ मध्ये ६ जना रिहा भएका छन् ।
  • पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।
  • शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
  • उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।
  • धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका ७ मध्ये ६ जना रिहा भएका छन् । पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ ।

शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनी दुईवटा मुद्दामा फरार रहेको भेटिएको छ ।

उनलाई थुनामा राखेर अनुसन्धान गरिएको छ । धमलाले बबरमहल स्थित एउटा निजी स्कोर्पियोमा तोडफोड गर्ने प्रयास गरेका थिए ।