AI सारांश

मुख्य बुँदाहरू

  • नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन् ।
  • उनलाई पक्राउ गर्न प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान लागि नियन्त्रणमा लिनुपरेको उल्लेख छ ।
  • ‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ दफा ९ को…
  • सीआईबीको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो ।
  • उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का आइतबार बिहान पक्राउ परेका छन् ।

उनलाई पक्राउ गर्न प्रहरीले जारी गरेको पक्राउ पुर्जीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान लागि नियन्त्रणमा लिनुपरेको उल्लेख छ ।

‘तपाईंलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नु परेकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची ९ दफा ९ को उपदफा ६ सँग सम्बन्धित बमोजिम यो पक्राउ पुर्जी जारी गरिएको हो ।’

सीआईबीको टोलीले महाराजगन्जबाट पक्राउ गरेको हो । उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ ।