AI सारांश

मुख्य बुँदाहरू

  • काठमाडौं — भारतले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि थप ११ टन राहत सामग्री उपलब्ध गराएको छ।
  • भारतको विदेश मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अनुसार औषधि, फरेन्सिक सामग्री, टेन्ट, सरसफाइका सामग्री तथा स्लिपिङ ब्यागलगायतका अत्यावश्यक सामग्री नेपाललाई हस्तान्तरण गरिएको…
  • भारतीय दूतावास, काठमाडौंले सामाजिक सञ्जालमार्फत भारतबाट प्राप्त राहत सामग्री नेपाल आइपुगेको जानकारी दिएको छ।
  • उक्त राहत सामग्री १९ सेप्टेम्बर २०२६ मा काठमाडौँ आइपुगेको भारतको नवौँ भारतीय वायुसेना (IAF) राहत उडानमार्फत ल्याइएको हो।
  • पछिल्लो ११ टनको सामग्रीमा औषधि, फरेन्सिक सामग्री, टेन्ट, हाइजिन किट र सुत्ने झोला समावेश छन्।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं — भारतले बाढी तथा पहिरोबाट प्रभावित नेपालका लागि थप ११ टन राहत सामग्री उपलब्ध गराएको छ। भारतको विदेश मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अनुसार औषधि, फरेन्सिक सामग्री, टेन्ट, सरसफाइका सामग्री तथा स्लिपिङ ब्यागलगायतका अत्यावश्यक सामग्री नेपाललाई हस्तान्तरण गरिएको हो।

भारतीय दूतावास, काठमाडौंले सामाजिक सञ्जालमार्फत भारतबाट प्राप्त राहत सामग्री नेपाल आइपुगेको जानकारी दिएको छ। दूतावासले नेपालको पुनःस्थापनामा सहयोग पुर्‍याउन भारत प्रतिबद्ध रहेको जनाएको छ।

उक्त राहत सामग्री १९ सेप्टेम्बर २०२६ मा काठमाडौँ आइपुगेको भारतको नवौँ भारतीय वायुसेना (IAF) राहत उडानमार्फत ल्याइएको हो। सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ।

यसअघि पनि भारतले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि विभिन्न चरणमा औषधि, अस्थायी आश्रय सामग्री, सरसफाइ सामग्री, खोज तथा उद्धार उपकरण र फरेन्सिक सामग्रीसहित राहत पठाउँदै आएको थियो। पछिल्लो ११ टनको सामग्रीमा औषधि, फरेन्सिक सामग्री, टेन्ट, हाइजिन किट र सुत्ने झोला समावेश छन्।

भारतले अगस्ट २६ बाट सुरु भएको राहत अभियानअन्तर्गत विशेष उडानमार्फत नेपालमा सामग्री तथा विशेषज्ञ टोली पठाउँदै आएको छ। पछिल्लो सहयोग पनि बाढी प्रभावित क्षेत्रको उद्धार, राहत र पुनःस्थापना कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले गरिएको हो।