दमौली १६,माघ । नेपाली कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं १ का उम्मेदवार गोविन्द भट्राईले चुनावी प्रचार—प्रसार अभियानलाई तीब्रता दिएका छन् ।

उम्मेदवार भट्राईले शुक्रबार आँबुखैरेनीमा घरदैलो अभियान गरेका छन् । घरदैलो अभियानमा पुगेका भट्राईले आँबुखैरेनीको समग्र विकासका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए ।

यसपटक आँबुखैरेनी बासीबाट अत्याधिक मत पाउनेमा समेत विश्वस्त रहेको भट्राईको भनाई रहेको थियो । घरदैलो अभियानमा पुगेका भट्राईले स्थानीयले भोग्दै आउनु परेको समस्याका बारेमा जानकारी लिएका थिए ।

चुनावी प्रचार—प्रसार अभियान अन्र्तगत शुक्रबार आँबुखैरेनीमा कांग्रेसको सम्र्पक कार्यालय समेत उद्घाटन गरिएको छ । उम्मेदवार भट्राईले सम्र्पक कार्यालय उद्घाटन गरेका थिए ।