AI सारांश

मुख्य बुँदाहरू

  • लेखापढी व्यवसायीहरुको छाता संस्था नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले आफ्ना माग राख्दै सरकारलाई केही दिनअघि ज्ञापनपत्र बुझाएको छ ।
  • एसोसिएसनका महासचिव हरिप्रसाद पौडेलले व्यवसायीले भोग्नुपरेका विषयलाई समावेश गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताए ।
  • एसोसिएनले कार्य सम्पादनको सिलसिलामा हुने ढिलासुस्तीलाई नियन्त्रण गरी जनताप्रति उत्तरदायी भई छिटो, छरितो र स्वच्छ एवं पारदर्शी कार्य सम्पादन गर्ने संस्थागत विकासको…
  • एसोसिएनले ३३ वटा माग राखेको छ ।
  • एसोसिएसनले भू–उपयोग नियमावली बमोजिम जग्गा वर्गीकरण गर्ने कार्य यथाशिघ्र सम्पन्न गर्न, बेजिल्ला तथा बेइलाका जग्गाको रजिष्ट्रेशन पारित नहुने व्यवस्था अत्यन्तै अव्यहारिक, हचुवा…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, फाल्गुण ३ । लेखापढी व्यवसायीहरुको छाता संस्था नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले आफ्ना माग राख्दै सरकारलाई केही दिनअघि ज्ञापनपत्र बुझाएको छ । एसोसिएसनका महासचिव हरिप्रसाद पौडेलले व्यवसायीले भोग्नुपरेका विषयलाई समावेश गरेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको बताए ।

एसोसिएनले सुशासन एवं भू–सेवा सम्बन्धमा विशेष ध्यान केन्द्रित गरेको छ । उनीहरुले लेखापढी व्यवसायीलाई व्यवसिथत गर्न र पेशाको सम्मान हुने वातावरण मिलाइदिन पनि सरकारसँग आग्रह गरेका छन् । ‘पेशागत हकहित, संविधानको रक्षा, अनुशासन र एकता, न्यायिक अधिकार, सुशासन र समानता आजको आवश्यकता’ भन्ने मूल नारा लिएर काम गर्दै गरेको एसोसिएनले आफूले भोगेका पीडा र समस्याका बारेमा सरकारलाई जानकारी गराएको महासचिव पौडेलले बताए ।

एसोसिएनले कार्य सम्पादनको सिलसिलामा हुने ढिलासुस्तीलाई नियन्त्रण गरी जनताप्रति उत्तरदायी भई छिटो, छरितो र स्वच्छ एवं पारदर्शी कार्य सम्पादन गर्ने संस्थागत विकासको प्रारम्भ गरिनुपर्ने, सबे प्रकारका ९रैकर, विर्ता, स्वबासी, घरजग्ग, बेनिस्सा, मिन्ही, उखडा० लगायतका छुट जग्गा दर्ता प्रक्रिया सदाको लागि खुलाउनुपर्ने बताएको छ । संस्थाले यसका लागि समयसीमा राख्न नहुने जनाएको छ । एसोसिएनले कार्यालय प्रमुख तथा कर्मचारीको सरुवामा हुने गरेका भनिएका अपारदर्शिता, मनोमानी, राजनीतिक हस्तक्षेप, अन्य पहुँचलगायतको प्रवृत्तिको अन्त्य गरिनुपर्ने माग राखेको छ । एसोसिएनले ३३ वटा माग राखेको छ । एसोसिएसनले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रको भूमि व्यवस्थापन तथा अभिलेख विभाग, भूमिसुधार तथा मालपोत कार्यालयहरु सबै, नापी कार्यालयहरु सबैलाई बोधार्थ दिएको छ । एसोसिएसनले सेवाग्राहीलाई छिटोछरितो र सर्वसुलभ सेवा प्रदान गर्नेखालका जनमुखी कार्यक्रमलाई सार्थक तुल्याउन सहयोग गर्ने पनि जनाएको छ । राज्यले रोजगार दिन नसकेका कारण धेरै युवाहरु विदेशिएको भन्दै एसोसिएसनले ती युवा स्वदेश फर्काउनका लागि पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ । एसोसिएसनले भू–उपयोग नियमावली बमोजिम जग्गा वर्गीकरण गर्ने कार्य यथाशिघ्र सम्पन्न गर्न, बेजिल्ला तथा बेइलाका जग्गाको रजिष्ट्रेशन पारित नहुने व्यवस्था अत्यन्तै अव्यहारिक, हचुवा र प्रचलित काुनविपरीत भएको हुँदा कानुनले व्यवस्था गरे अनुसार लिखत पास गर्न पाउनुपर्ने व्यवस्था गर्नलगायतका माग सरकारसँग राखेको छ ।

एसोसिएसनले व्यवासायीका हकहितका लागि आवश्यक पर्ने साझा मुद्यामा सक्रिय रहँदै आएको जनाएको छ । महासचिव पौडेलले सरकारले आफ्ना मागहरु नसुने फेरि पनि अर्को प्रक्रियाबाट थप संघर्षका कार्यक्रम गरिने पनि बताएका छन् ।