AI सारांश

मुख्य बुँदाहरू

  • ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ।
  • निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाशन गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो।
  • ‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन–३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे…
  • हेको देखिँदा सीउपर आवश्यक कारबाही हुन निर्णयअनुसार अनुरोध छ।’

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, ४ फागुन । ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाशन गरेको भन्दै आयोगले कारबाहीको लागि पत्राचार गरेको हो।

‘सेतोपाटी’ले प्रकाशन गरेको चितवन–३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ र ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकको समाचारप्रति आयोगले आपत्ति जनाएको छ।

आयोगले गरेको पत्राचारमा भनिएको छ,‘अनलाइनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड ९त० मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ, आचारसंहिताको दफा २५ को उपदफा ९१० को खण्ड ९ख० मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल र
हेको देखिँदा सीउपर आवश्यक कारबाही हुन निर्णयअनुसार अनुरोध छ।’