दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज दमौलीमा नगरस्तरीय विशाल र्याली आयोजना गरेको छ। चुनावको पूर्वसन्ध्यामा संगठनात्मक शक्ति प्रदर्शन तथा जनपरिचालनलाई सशक्त बनाउने उद्देश्यले कार्यक्रम तय गरेको हो ।
कांग्रेसको व्यास नगरपालिका नगर समितिका सभापति सूर्य हड्खलेका अनुसार आज बिहान ११ बजे बी।पी। स्मृति भवन बाट सुरु भएर र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको हो ।
र्यालीमा व्यास नगरपालिकाका विभिन्न वडाबाट पार्टीका नेता–कार्यकर्ता, भ्रातृ संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो । उपनिर्वाचनको सरगर्मी बढ्दै गएको अवस्थामा कांग्रेसको यस नगरस्तरीय प्रदर्शनलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

टिप्पणी गर्नुहोस्