AI सारांश

मुख्य बुँदाहरू

  • मुकुल ढकाल लेख्छन्–एउटा प्रश्नमा म अनुत्तरित छु ।
  • भोलि बालेन प्रधानमन्त्री भए , गगन प्रधानमन्त्री भए वा अरू कोहि प्रधानमन्त्री भए र त्यतिबेला प्रदर्शनकारीले संसद भवनको वाल फोड्न थाले ,…
  • एकदम क्लोज रेन्जमा मात्र टार्गेटमा हान्ने रहेछ, अलि पर भएपछी घुँडामा हान्दा , टाउकोमा लाग्ने प्रकारको रेन्ज नै नभएको ज्यादै कमसल हतियार…
  • अबका दिनमा हामीले कस्तो नेपाल प्रहरी बनाउने हो रु हतियार नबोक्ने प्रहरी कि , जहाँ ताक्यो, त्यहि लाग्ने, रेन्ज राम्रो भएको हतियार…
  • राम्रो देश बनाउन खोजेको हो भने, संसद भवन जलाउन भोलिका दिनमा फेरी कोहि प्रदर्शनकारी आए भने, प्रहरीलाई गोलि चलाउने अधिकार हुन्छ कि…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

मुकुल ढकाल लेख्छन्–एउटा प्रश्नमा म अनुत्तरित छु । भोलि बालेन प्रधानमन्त्री भए , गगन प्रधानमन्त्री भए वा अरू कोहि प्रधानमन्त्री भए र त्यतिबेला प्रदर्शनकारीले संसद भवनको वाल फोड्न थाले , जलाउन थाले भने , बालेन सरकार, गगन सरकार वा अरू कोहिको सरकारको प्रहरीले प्रदर्शनकारीमाथि गोलि चलाउँछ कि चलाउँदैन ? प्रहरीले हतियार कुन अवस्थामा प्रयोग गर्छ ?

सुन्दा विरक्त लाग्ला , तर सत्य के पनि रहेछ भने , नेपाल प्रहरीको हतियारको टार्गेट रेन्ज नै कमजोर रहेछ । एकदम क्लोज रेन्जमा मात्र टार्गेटमा हान्ने रहेछ, अलि पर भएपछी घुँडामा हान्दा , टाउकोमा लाग्ने प्रकारको रेन्ज नै नभएको ज्यादै कमसल हतियार रहेछ प्रहरीसँग । अबका दिनमा हामीले कस्तो नेपाल प्रहरी बनाउने हो रु हतियार नबोक्ने प्रहरी कि , जहाँ ताक्यो, त्यहि लाग्ने, रेन्ज राम्रो भएको हतियार दिने ?

यति भन्दै गर्दा ७७ जना जसको ज्यान गयो, मेरो सहानुभुति छ, म पनि रोएको छु । नहुनु पर्ने कुरा भयो । तर संसद भवन र सिंहदरवार जलाएको नजिर हामीले बनाइसक्यौँ र अबका दिनमा पनि विभिन्न शक्तिले त्यस्तो प्रयास नगर्ला भन्न सकिन्न । दोष जति सबै नेपाल प्रहरीलाई थुपारेर, हामीले कस्तो देश बनाउन खोज्दै छौँ  ? राम्रो देश बनाउन खोजेको हो भने, संसद भवन जलाउन भोलिका दिनमा फेरी कोहि प्रदर्शनकारी आए भने, प्रहरीलाई गोलि चलाउने अधिकार हुन्छ कि हुँदैन ? कि संसद भवन जलेको हेरेर बस्ने हो प्रहरीले रु यो विषयमा राष्ट्रिय सहमति हुनु अति आवश्यक छ । नत्र जसलाई जे मन लाग्यो, त्यहि गरे भइहाल्यो ।