AI सारांश
मुख्य बुँदाहरू
- वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायाधीशको नियुक्ति कुनै राजनीतिक भागबण्डा वा आवधिक निर्वाचनको इच्छा अभिव्यक्ति गर्ने पद नभएको स्पष्ट पारेका छन्।
- उनले विश्वभर स्वीकार्य मानकअनुसार बरिष्ठता नै यस पदको पहिलो आधार भएको उल्लेख गर्दै, ठोस र प्रमाणित आधारमा पहिलो बरिष्ठ व्यक्ति असक्षम, अनैतिक…
- भट्टराईले स्वतन्त्र न्यायपालिकाको मजबुतीका लागि यही प्रणाली आधारस्तम्भ रहेको धारणा व्यक्त गर्दै अनावश्यक मिडिया ट्रायल र राजनीतिक भाष्य सिर्जना गरेर न्यायपालिकालाई विवादित…
- उनले नियुक्तिपछि भने उच्चस्तरीय खबरदारी र निगरानी निरन्तर आवश्यक रहेको बताए।
- साथै, १०९ दिने आन्दोलनमा कानुन व्यवसायीहरूको सक्रिय भूमिका स्मरण गराउँदै आवश्यक पर्दा पुनः सचेत र सक्रिय हुन सक्ने संकेत समेत दिएका छन्।
काठमाडौं, ८ चैत्र । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले प्रधानन्यायाधीशको नियुक्ति कुनै राजनीतिक भागबण्डा वा आवधिक निर्वाचनको इच्छा अभिव्यक्ति गर्ने पद नभएको स्पष्ट पारेका छन्।
उनले विश्वभर स्वीकार्य मानकअनुसार बरिष्ठता नै यस पदको पहिलो आधार भएको उल्लेख गर्दै, ठोस र प्रमाणित आधारमा पहिलो बरिष्ठ व्यक्ति असक्षम, अनैतिक वा दोषी ठहरिएमा मात्र दोस्रो बरिष्ठ स्वतः हकदार हुने बताएका छन्।
भट्टराईले स्वतन्त्र न्यायपालिकाको मजबुतीका लागि यही प्रणाली आधारस्तम्भ रहेको धारणा व्यक्त गर्दै अनावश्यक मिडिया ट्रायल र राजनीतिक भाष्य सिर्जना गरेर न्यायपालिकालाई विवादित नबनाउन आग्रह गरे।
उनले नियुक्तिपछि भने उच्चस्तरीय खबरदारी र निगरानी निरन्तर आवश्यक रहेको बताए। साथै, १०९ दिने आन्दोलनमा कानुन व्यवसायीहरूको सक्रिय भूमिका स्मरण गराउँदै आवश्यक पर्दा पुनः सचेत र सक्रिय हुन सक्ने संकेत समेत दिएका छन्।


टिप्पणीहरू