AI सारांश

मुख्य बुँदाहरू

  • गौरी बहदुर कार्की आयोगले दोषी देखाएपछि प्रधानसेनापतिको आक्रोश नेपाली सेना स्वतः सडकमा उत्रिने संस्था ठाने भोलि के होला ?
  • नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरी बहदुर कार्की अध्यक्ष रहेको आयोगलाई नेपाल सरकार मन्त्रिपरिषद्‍को…
  • सेनापतीले नेपाली सेना स्वतः सडकमा उत्रिने संस्था नभएको बताउँदै सेनाले किन केही नगरेको भन्नु अत्यन्तै अन्यायपूर्ण हुने बताउँछन् ।
  • प्रहरीलाई आदेश दिने निकाय गृह मन्त्रालय छ , तर सेनालाई आदेश दिने भनेको मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिको निर्णय गरेको आवस्थामा मात्र सेना परिचालन…
  • मन्त्रिपरिषद्‍को सिफारिस गरेर राष्ट्रपतिले निर्णय गरेपछि सेनाले काम नगरेको भए गुनासो गर्ने ठाउँ छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

गौरी बहदुर कार्की आयोगले  दोषी देखाएपछि प्रधानसेनापतिको आक्रोश  नेपाली सेना स्वतः सडकमा उत्रिने संस्था ठाने भोलि के होला ?

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जेन–जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरी बहदुर कार्की अध्यक्ष रहेको आयोगलाई नेपाल सरकार मन्त्रिपरिषद्‍को सिफारिस र राष्ट्रपतिको निर्णयबाट मात्र सेना परिचालन हुने स्पष्ट संवैधानिक व्यवस्था रहेको स्मरण गराएका छन् । सेनापतीले नेपाली सेना स्वतः सडकमा उत्रिने संस्था नभएको बताउँदै सेनाले किन केही नगरेको भन्नु अत्यन्तै अन्यायपूर्ण हुने बताउँछन् । प्रहरीलाई आदेश दिने निकाय गृह मन्त्रालय छ , तर सेनालाई आदेश दिने भनेको मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपतिको निर्णय गरेको आवस्थामा मात्र सेना परिचालन हुने हो । मन्त्रिपरिषद्‍को सिफारिस गरेर राष्ट्रपतिले निर्णय गरेपछि सेनाले काम नगरेको भए गुनासो गर्ने ठाउँ छ । जतिबेला निर्णय भयो सेनाले नै देशको अवस्था आफ्नो नियन्त्रणमा लिएको उनको जिकिर छ ।