AI सारांश

मुख्य बुँदाहरू

  • काठमाडौं- नेपाल सरकारको स्वामित्वका तीन प्रमुख बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् ।
  • राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले एकैसाथ राजीनामा बुझाएका हुन् ।
  • अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले…
  • हालै नयाँ सरकारले अघिल्लो सरकारको पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्दै १,५९४ जनालाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो ।
  • तर, सरकारी बैंकका अध्यक्षहरू उक्त सूचीमा परेका थिएनन् ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं- नेपाल सरकारको स्वामित्वका तीन प्रमुख बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका अध्यक्षहरूले एकैसाथ राजीनामा बुझाएका हुन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले बुधबार मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आफ्नो राजीनामा बुझाएका हुन् ।

हालै नयाँ सरकारले अघिल्लो सरकारको पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्दै १,५९४ जनालाई अध्यादेशमार्फत पदमुक्त गरेको थियो । तर, सरकारी बैंकका अध्यक्षहरू उक्त सूचीमा परेका थिएनन् ।

यद्यपि सरकारको तर्फबाट मार्ग प्रशस्त गर्न भनिएपछि उनीहरूले पद छाड्ने निर्णय गरेका स्रोतले जनाएको छ ।