राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल गुल्मी,पोखरा हुँदै  काठमाडौं आएका छन् । गुल्मीको रुरुमा आयोजित ऋणीसँग राष्ट्र बैंक नामक वित्तीय साक्षरता कार्यक्रममा सहभागी भएर उनी पहाडी लोकमार्गका जिल्लाहरु घुम्दै हिँडेका थिए ।

चितवनका स्कुलेसाथी बोकेर उनी एकजना पिएसओ र चालकसँगै घुम्न निस्केको बुझिएको छ । हिजो बेलुकी राष्ट्र बैंकस्थित पोखरा कार्यालयको गेष्ट हाउसमा बसेका उनी बा.प्र.०१–०२६ च १३२२ नम्बरको गाडीमा बिहान ७ बजे पोखराबाट काठमाडौं आएका हुन् ।

कार्यालय खुलेको दिन गभर्नर घुम्न हिँडेपछि निर्णय गर्नुपर्ने फाइल थुप्रेको गभर्नर कार्यालयका कर्मचारी बताउँछन् । २ डेपुटीमध्ये एकजना मात्रै नियुक्त भएकाले उनलाई पनि बैंकको काम पुग्दो भएको बताइन्छ । भोलि र पर्सि दुई दिन सार्वजनिक  बिदा भएकाले कर्यलय खुलेपछि मात्रै उनी अफिस जानेछन् ।