AI सारांश

मुख्य बुँदाहरू

  • नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
  • गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नरको आकांक्षी बनेका पौडेलविरुद्ध मंगलबार अदालतमा रिट परेको हो ।
  • पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका छन् ।
  • पौडेललाई गभर्नर नियुक्ति गरे नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने उनीहरूको दाबी रहेको छ ।
  • गुणाकर भट्ट गभर्नरका लागि चर्चामा आएकै कारण उनको योग्यतामा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेका थिए ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, ३० वैशाख । नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नरको चर्चामा रहेका विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नरको आकांक्षी बनेका पौडेलविरुद्ध मंगलबार अदालतमा रिट परेको हो ।

पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका छन् । पौडेललाई गभर्नर नियुक्ति गरे नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने उनीहरूको दाबी रहेको छ ।

उप्रेती र थापाले यसअघि पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरका लागि चर्चामा आएकै कारण उनको योग्यतामा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेका थिए ।