AI सारांश

मुख्य बुँदाहरू

  • नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।
  • शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले…
  • सांसदहरुले बजेट लगायत विविध विषयहरुमा खुलेर छलफल गर्नुभयो ।
  • बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा चाँही सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुराहरु पनि आए ।
  • साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरुले आफ्ना आफ्ना भनाईहरु राखे ।’

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, ३ जेष्ठ । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

उनले भने, ‘मुख्य रुपमा बजेटलगायत विविध विषयमा छलफल गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयहरुमा खुलेर छलफल गर्नुभयो । गर्भनरको  विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा चाँही सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुराहरु पनि आए । बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरुले आफ्ना आफ्ना भनाईहरु राखे ।’

साथै संसदीय दलको बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।