AI सारांश
मुख्य बुँदाहरू
- नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।
- बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् ।
- गभर्नर पौडेल नेपालको १८औं गभर्नरका रूपमा केन्द्रीय बैंकको कार्यालय पुगेका हुन् ।
- उनलाई गभर्नर सिफारिस समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
काठमाडौं, ७ जेष्ठ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।
बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् ।
गभर्नर पौडेल नेपालको १८औं गभर्नरका रूपमा केन्द्रीय बैंकको कार्यालय पुगेका हुन् । उनलाई गभर्नर सिफारिस समितिको सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

टिप्पणीहरू