AI सारांश

मुख्य बुँदाहरू

  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् ।
  • ‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई…
  • उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको छ ।
  • जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौं ।
  • यसले सबै असरहरुलाई न्युनिकरण र अनुकरण गर्नेछ ।’

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, ९ वैशाख। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको बताएका छन् ।

‘साथसाथै’ नामक संस्थाले खुम्बु पासाङल्हामू गाउँपालिकामा आयोजना गरेको जलवायु परिवर्तन र यसले पारेका असर सम्बन्धी संवाद कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण गर्न सरकारले एनडिसी–३ निर्माण गरिरहेको बताए ।

उनले भने, ‘जलवायु परिवर्तनले हिमाली देशहरुमा धेरै नै असर पारेको छ । जलवायु परिवर्तनका असरहरुलाई न्युनिकरण र त्यसलाई अनुकरण गर्नका लागि सरकारले राष्ट्रिय निर्धारण जारी योगदान एनडिसी ३ अहिले तेस्रो बनाइरहेका छौं । यसले  सबै असरहरुलाई न्युनिकरण र अनुकरण गर्नेछ ।’