AI सारांश

मुख्य बुँदाहरू

  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।
  • बैंकले बुधबार देखि कार्यभार सम्हाल्ने गरी पण्डितलाई प्रवक्तामा नियुक्त गरेको जानकारी दिएको छ ।
  • नव नियुक्त पण्डित राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी तथा कार्यकारी निर्देशक पनि हुन् ।
  • उनले वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए ।
  • पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्य अनुभव

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, २१ जेष्ठ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त भएका छन् ।

बैंकले बुधबार देखि कार्यभार सम्हाल्ने गरी पण्डितलाई प्रवक्तामा नियुक्त गरेको जानकारी दिएको छ ।  नव नियुक्त पण्डित राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी तथा कार्यकारी निर्देशक पनि हुन् ।

उनले वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका थिए । पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्य अनुभव
रहेको छ ।

हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् ।