AI सारांश

मुख्य बुँदाहरू

  • सन् २०२५ को मे महिनासम्म नेपालमा भित्रिएका विदेशी र नेपाली पर्यटकहरूको संख्या ५ लाख १ हजार २६४ पुगेको छ।
  • अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मे महिनामै मात्र नेपालमा १ लाख ९४ हजार पर्यटक प्रवेश गरेका छन्।
  • जसमा ८६ हजार २१६ विदेशी पर्यटक र १ लाख ८ हजारभन्दा बढी नेपाली विभिन्न देशबाट नेपाल आएका छन्।
  • अध्यागमन विभागका अनुसार, मे महिनामा नेपाल प्रवेश गर्ने पर्यटक मध्ये १ लाख २८ हजार ९२६ पुरुष र ६५ हजार ७७१ महिला रहेका…
  • सन् २०२५ का अन्य महिनाहरूको तथ्यांक हेर्दा मार्चमा १ लाख २१ हजार ६८७, फेब्रुअरीमा ९६ हजार ८८० र जनवरीमा ७९ हजार ९९१…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडाैं, २५ जेष्ठ । सन् २०२५ को मे महिनासम्म नेपालमा भित्रिएका विदेशी र नेपाली पर्यटकहरूको संख्या ५ लाख १ हजार २६४ पुगेको छ। अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, मे महिनामै मात्र नेपालमा १ लाख ९४ हजार पर्यटक प्रवेश गरेका छन्। जसमा ८६ हजार २१६ विदेशी पर्यटक र १ लाख ८ हजारभन्दा बढी नेपाली विभिन्न देशबाट नेपाल आएका छन्।

यसअघि अप्रिल २०२५ मा नेपाल आएका विदेशी पर्यटकहरूको संख्या १ लाख १६ हजार ४९० पुगेको थियो, जुन अप्रिल महिनाको लागि उच्च दर मानिन्छ। पछिल्लो तथ्यांकले देखाउँछ कि २०२५ को पहिलो पाँच महिनामा मासिक औसत लगभग एक लाख पर्यटक नेपाल प्रवेश गरिरहेका छन्।

अध्यागमन विभागका अनुसार, मे महिनामा नेपाल प्रवेश गर्ने पर्यटक मध्ये १ लाख २८ हजार ९२६ पुरुष र ६५ हजार ७७१ महिला रहेका छन्। साथै, मे महिनामा नेपालबाट २ लाख ५० हजार ७३६ जना विभिन्न देशमा प्रस्थान पनि गरेका छन्।

सन् २०२५ का अन्य महिनाहरूको तथ्यांक हेर्दा मार्चमा १ लाख २१ हजार ६८७, फेब्रुअरीमा ९६ हजार ८८० र जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल आएका थिए।

तुलना गर्दा सन् २०१९ मा नेपालमा सबैभन्दा बढी पर्यटक आएका थिए, तर त्यो वर्षको मे महिनामा मात्र ७८ हजार ३२९ पर्यटक थिए। त्यो वर्ष नेपालमा जम्मा ११ लाख ९७ हजार पर्यटक भित्रिएका थिए र सबैभन्दा बढी पर्यटक अक्टोबरमा १ लाख ३४ हजार पुगेका थिए।