काठमाडौं । मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएशन ९एनभिए०ले १५औं स्थापना दिवस ९एनभिए डे –२०८२० देशैभर भव्यताका साथ सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय काठमाडौंले ठमेलस्थित होटल यात्रीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा ५ सय भन्दा बढी मुल्यांकनकर्ता इन्जिनियरहरुको उपस्थिति थियो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको अध्यक्षता एनभिएका केन्द्रीय अध्यक्ष इ।संजय कुमार महतोले गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष इ।महतोले नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशिकाको इ।प्रा।नं। १२ को बुँदा नं। ९७० को धितो मूल्याङ्कनकर्ता संबन्धी विशेष व्यवस्थामा रहेको कालो सुची र २/३ को व्यवस्था न्यायोचित नभएकोले यसको खारेजीको माग सहित राष्ट्र बैंकको पुनः ध्यानाकर्षण गराए ।
यसैगरी, प्रमुख अतिथि पौडेलले देशमा वित्तीय स्थायित्व कायम राख्न वित्तीय संस्थाहरुले उच्च मर्यादा कायम राख्न सक्नुपर्नेमा जोड दिए । एनभिएका सदस्य इन्जिनियरहरुले पनि पेशागत मुल्यांकनको उच्च आदर्श कायम राख्नु पर्ने धारणा राखे ।
विशेष अतिथिहरुमा नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष इ।सुभाषचन्द्र बराल, नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्टार इ।धु्रवराज भट्टराई, नेपाल वित्तिय संस्था संघका उपाध्यक्ष तथा सेन्ट्रल फाइनान्सका कार्यकारी निर्देशक इ।रजोजमान श्रेष्ठ,संविधान सभा सदस्य इ।सकलदेव सुतियार थिए ।
त्यसैगरी,अतिथिहरुमा एनभिएका संस्थापक अध्यक्ष इ।वसन्तरमण रजौरे, निवर्तमान अध्यक्ष इ।ऋषि कोइराला, भूतपूर्व अध्यक्ष इ।अन्जनीकुमार देवजु, सल्लाहकार एवं नेपाल इन्जिनियरिङ काउन्सिलका बोर्ड मेम्बर आ।लैला श्रेष्ठ, सल्लाकार एवं निवर्तमान उपाध्यक्ष इ।लक्ष्मणबाबु सेढाइं, सल्लाहकार एवं पूर्व सदस्य इ।प्रविन सिंह, सल्लाहकारहरु इ।देउकाजी गुरुङ,इ।राम भारती,कानुनी सल्लाहकार अ।इ।नारायणप्रसाद कोइराला थिए ।
त्यस्तै अन्य अतिथिहरुमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन०का महासचिव इ।सुदर्शन शर्मा र प्रोगेसिभ इन्जिनियर्स एशोसिएशन नेपाल ९पिन०का महासचिव इ।राजन थापा थिए । यस्तै, सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल ९सोटेन० का अध्यक्ष तथा एनइएका पूर्व अध्यक्ष इ। डा।हरेराम श्रेष्ठ, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चर एण्ड इन्जिनियरिङ फर्म ९स्क्याफ०का कोषाध्यक्ष इ।दिपेन्द्र कुमार झा, रिजनल एण्ड अर्बन प्लानर्स सोसाइटी अफ नेपाल ९रुप्सन० का अध्यक्ष इ।किशोर कुमार ठाकुर, स्टक्चरल इन्जिनियर एशोसिएसन नेपाल ९सिनेप०का इ।कृष्णसिंह बस्नेत, नेपाल जिओमेट्रिक इन्जिनियरिङ सोसाइटी ९एनजिइएस०का सचिव इ।अशोक श्रेष्ठलगायत अतिथि थिए ।
उक्त कार्यक्रममा वरिष्ठ इन्जिनियर दिलिपकुमार श्रीवास्तवलाई सम्मान गरिएको थियो । श्रीवास्तव एनभिएको मधेस प्रदेशका संस्थापक तथा निवर्तमान अध्यक्ष समेत हुन् ।
कार्यक्रममा एनभिएका सल्लाहकार इ।देउकाजी गुरुङ, आ।लैला श्रेष्ठ, सम्पुर्ण इन्जिनियरिङ संघ संस्थाहरुको प्रतिनिधित्व गर्दै सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालका अध्यक्ष तथा एनइएका पूर्व अध्यक्ष इ। डा।हरेराम श्रेष्ठ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन०का महासचिव इ।सुदर्शन शर्मा, प्रोगेसिभ इन्जिनियर्स एशोसिएशन नेपालका महासचिव इ।राजन थापा,एनभिएका महासचिव इ।अशोक सिलवाल, भूतपूर्व अध्यक्ष इ।अन्जनीकुमार देवजु, निवर्तमान अध्यक्ष इ।ऋषि कोइराला, एनभिएका संस्थापक अध्यक्ष वसन्तरमण रजौरे, संविधान सभा सदस्य इ।सकलदेव सुतियार, नेपाल वित्तिय संस्था संघका उपाध्यक्ष इ।रजोजमान श्रेष्ठ, नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्टार इ।धु्रवराज भट्टराई, नेपाल इन्जिनियर्स एशोसिएशनका अध्यक्ष ई। सुभाष बराल, नेपाल राष्ट्र बैंकका प्रवक्ता एवं कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललगायतले एनभिएलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य एनभिएका उपाध्यक्ष इ।विकास वाग्लेले राखेका थिए भने समापन अध्यक्ष महतोले गरे । कार्यक्रमको संचालन सचिव इ।रबिन्द्र अधिकारीले गरेका थिए । उक्त कार्यक्रममा बोल्दै इ।अधिकारीले नेपाल इन्जिनियररिङ काउन्सिलले धेरै पटक ढकढक्याउदा पनि भ्यालुयर्स इन्जिनियरहरु नचिनेकोले एनभिएको अध्यक्ष र एइएको अध्यक्ष पदेन सदस्य रहनेगरी छुट्टै भ्यालुयर्स काउन्सिल बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा देशभरका मुल्यांकनकर्ता इन्जिनियरहरुको उल्लेख्यमात्रामा सहभागिता थियो ।
गण्डकी प्रदेशले पोखरा पार्टी प्यालेस, बास्तोला थरमा एनभिए डे भव्यरुपमा मनाएको छ ।
लुम्बिनी प्रदेशले रक्तदान कार्यक्रम गरेर एनभिए डे २०८२ भव्यरुपमा मनाएको छ । कोशी प्रदेशले पनि धरानमा एनभिए डे मनाएको छ । नेपालगन्ज च्याप्टरले अन्तक्रिया कार्यक्रम आयोजना गरेर स्वस्तिक कटेज,नेपालगंज,बाँकेमा एनभिए डे भव्यरुपमा मनाएको छ । मकवानपुर च्याप्टरले हेटौंडास्थित फेमस तास हाउसमा चियापान कार्यक्रमको आयोजना गरेर एनभिए डे भव्यरुपमा मनाएको छ ।
त्यसैगरी, मधेश प्रदेशले पनि होटल रोय लंज लहानमा विशेष कार्यक्रमको आयोजना गरेर एनभिए डे भव्यरुपमा मनाएको छ । कर्णाली प्रदेशले पनि अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आफ्नै कार्यालयमै एनभिए डे मनाएको छ ।
सुदुरपश्चिम प्रदेशले पनि पिकनिकको आयोजना गरेर एनभिए डे भव्यरुपमा मनाएको छ । चितवन च्याप्टरले मुल्यांकनकर्ता इन्जिनियरहरुबीच भेटघाट कार्यक्रम आयोजना गरेर एनभिए डे भव्यरुपमा मनाएको छ ।
यसरी देशैभर हर्षोल्लासका साथ १२ सय मुल्यांकनकर्ता इन्जिनियरहरुले एनभिए डे मनाए ।

टिप्पणी गर्नुहोस्