AI सारांश

मुख्य बुँदाहरू

  • नेपाली बजारमा पहेलो धातु सुनको मुल्य तोलामा ३ हजार रुपैयाँले गिरावट आएको छ ।
  • साताको कारोबारको अन्तिम दिन आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
  • त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४…
  • आज तोलामा ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, १ फागुन । नेपाली बजारमा पहेलो धातु सुनको मुल्य तोलामा ३ हजार रुपैयाँले गिरावट आएको छ ।
साताको कारोबारको अन्तिम दिन आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्यमा भने बृद्धि भएको छ । आज तोलामा ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।