AI सारांश

मुख्य बुँदाहरू

  • गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् ।
  • आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल्लाहकार भुवन केसीले जानकारी दिए ।
  • नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ ।
  • शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, २८ वैशाख । गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रीका सल्लाहकार भुवन केसीले जानकारी दिए ।

नेपाली काँग्रेसले पौडेललाई आगामी गभर्नरको रुपमा अघि सारेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।