AI सारांश

मुख्य बुँदाहरू

  • पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलाकाली केवलकार विकास संस्कृति, विकास र साझेदारीको उत्कृष्ट नमुना भएको बताएका छन् ।
  • आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा आधुनिक सुविधासम्पन्न ‘इला होटल तथा रिसोर्ट’को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
  • उनले संस्कृति संरक्षण, धार्मिक पर्यटन विकास र स्थानीय रोजगारी सिर्जनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको सहकार्य उदाहरणीय रहेको उल्लेख गरे ।
  • साथै, संस्कृति, पर्यटन तथा हवाई नीतिलाई छिट्टै परिमार्जन गरी यस क्षेत्रको विकासमा देखिएका नीतिगत समस्याहरू समाधान गरिने विश्वास उनले व्यक्त गरे ।
  • मौलाकाली केवलकारसँगै सञ्चालनमा आएको इला होटलले यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ।

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

गैंडाकोट, २९ वैशाख । पर्यटन, संस्कृति तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले मौलाकाली केवलकार विकास संस्कृति, विकास र साझेदारीको उत्कृष्ट नमुना भएको बताएका छन् ।

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा आधुनिक सुविधासम्पन्न ‘इला होटल तथा रिसोर्ट’को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

उनले संस्कृति संरक्षण, धार्मिक पर्यटन विकास र स्थानीय रोजगारी सिर्जनामा निजी क्षेत्र, सरकार र स्थानीय निकायको सहकार्य उदाहरणीय रहेको उल्लेख गरे ।

मन्त्री पाण्डेले यस विकास मोडेललाई देशका अन्य पर्यटकीय पूर्वाधारहरूले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए । साथै, संस्कृति, पर्यटन तथा हवाई नीतिलाई छिट्टै परिमार्जन गरी यस क्षेत्रको विकासमा देखिएका नीतिगत समस्याहरू समाधान गरिने विश्वास उनले व्यक्त गरे ।

मौलाकाली केवलकारसँगै सञ्चालनमा आएको इला होटलले यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ। आधुनिक सुविधाहरूले सुसज्जित होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

आइएमई ग्रुपले पर्यटन क्षेत्रमा गरेको यो लगानीले स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै समग्र आर्थिक विकासमा समेत योगदान पुर्‍याउने देखिन्छ।