AI सारांश

मुख्य बुँदाहरू

  • सम्पत्ति मुल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले माघ १६ देखि १८ गतेसम्म “अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू”…
  • एशोसिएशनले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धिको लागी सो तालिमको आयोजना गर्न लागेको हो ।
  • शुक्रबारदेखि सुरु हुने उक्त तालिम ९माघ १६–१८० आइतबार समापन हुनेछ ।
  • ठमेलस्थित होटल यात्रीमा ३ दिनसम्म सञ्चालन हुने तालिम बिहान ७ बजेदेखि सुरु भएर बेलुका ६ बजेसम्म चल्नेछ ।
  • “अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी तालिममा मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरू ३० भन्दा बढी इन्जिनियर तालिममा सहभागी हुने सचिव ई।रबिन्द्र अधिकारीले…

यो सारांश समाचारमै रहेका मुख्य वाक्यहरूबाट स्वतः तयार गरिएको हो। पूर्ण विवरणका लागि तलको समाचार पढ्नुहोस्।

काठमाडौं, १२ माघ । सम्पत्ति मुल्यांकनकर्ता व्यवसायिक इन्जिनियरहरुको छाता संगठन नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले माघ १६ देखि १८ गतेसम्म “अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी तालिम आयोजना गर्दैछ ।

एशोसिएशनले मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरूको क्षमता अभिबृद्धिको लागी सो तालिमको आयोजना गर्न लागेको हो । शुक्रबारदेखि सुरु हुने उक्त तालिम ९माघ १६–१८० आइतबार समापन हुनेछ ।

ठमेलस्थित होटल यात्रीमा ३ दिनसम्म सञ्चालन हुने तालिम बिहान ७ बजेदेखि सुरु भएर बेलुका ६ बजेसम्म चल्नेछ ।

एनभिएका उपाध्यक्ष ई।दिनेश कुमार पाठक र ई।शुसिल कुमार अमात्य कार्यक्रमको प्रमुख प्रशिक्षक रहनेछन् ।

“अन्तर्राष्ट्रिय मूल्याङ्कन मापदण्ड र राष्ट्रिय अभ्यासहरू” सम्बन्धी तालिममा मुल्यांङकन पेशामा कार्यरत ईन्जिनियरहरू ३० भन्दा बढी इन्जिनियर तालिममा सहभागी हुने सचिव ई।रबिन्द्र अधिकारीले जानकारी दिए ।

संस्थाले तालिममा सहभागिताका लागि नाम टिपाउन देशभर छरिएर रहेका मुल्यांकनकर्ता इन्जिनियरहरुलाई एक महिना अघि सूचना जारी गरेको थियो ।

एनभिएले केन्द्रमा मात्र नभएर सबै प्रदेशमा पनि अभिमुखिकरण तालिमको आयोजना गर्दै आएको छ ।